आज उपत्यकासहित देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

 असोज २२, २०७६ बुधबार ९:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज (बुधबार) दिउँसो काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाका मौसमविद् समिर श्रेष्ठले आग्रह गर्नुभयोे ।

पश्चिम बंगालको आसपास रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भूभाग तथा पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको हो ।

यस्तै आज राति पनि मध्य र पूर्वका थोरै ठाउँ र पश्चिम पहाडका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया