चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने

 असोज २२, २०७६ बुधबार ११:३४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चिनियाँ राष्ट्रपति सी जिनपिङको आउँदाे शनिबार नेपाल आउनुहुने भएको छ ।

राष्ट्रपति सी को राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात आउने शनिबार र आइतबारका लागि तय गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राजकीय  भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।

राष्ट्रपति सी को भ्रमण आउने शनिबार र आइतबार नै हुने भनिए पनि तालिका हेरफेर हुनसक्ने भन्दै सरकारले आधिकारिक रुपमा केही बताएको थिएन ।चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुहुनेछ ।

भ्रमणका क्रममा केही दुईपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । चिनियाँ राष्ट्रपति सी शुक्रबार अक्टाेबर ११ मा भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारत भ्रमण सकेर चीन फर्कने क्रममा उहाँ शनिबार काठमाण्डौ ओर्लने र आइतबार चीन जाने तय भएको हो ।

उहाँको स्वागतका लागि काठमाण्डौमा तयारी तीव्र पारिएको छ । सुरक्षा व्यवस्थादेखि सडक सफा गर्ने, कालोपत्रे गर्ने, पार्क बनाउने लगायतका काम धमाधम भइरहेका छन् । यससँगै सी २३ वर्ष यता नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति बन्नुहुनेछ । 

काठमाण्डाैमा रहँदा चिनियाँ राष्ट्रपति जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुनेछ । त्यस अवसरमा केही दुईपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया