राष्ट्रिय फुटसल टाेली घाेषणा: राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङ पनि टाेलीमा

 असोज २२, २०७६ बुधबार १२:४३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङ राष्ट्रिय फुटसल टिममा परेका छन् । एन्फाले सार्वजनिक गरेको १४ सदस्यीय टिममा विजयले स्थान बनाउन सफल भएका हुन् ।

यस्तै पूर्व राष्ट्रिय फुटबल खेलाडी आशिष लामाले पनि फुटसल टिममा स्थान बनाएका छन् । मुख्य प्रशिक्षण विष्णु गुरुङले छनोट गरेको राष्ट्रिय फुटसल टिममा अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, आरुज सिंह, विजय श्रेष्ठ, विजय गुरुङ, सरोज गुरुङ, बिनोद गुरुङ, आशिष लामा, मणी लामा र निर्मल गुरुङ रहेका छन् ।

नेपालले इरानमा हुने एएफसी फुटसल छनोट च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्नेछ । समूह बी मा रहेको नेपालको समूहमा ताजिकिस्तान, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले ताजिकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्बेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ भने अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।

छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुअरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया