नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
पाँचथर – बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरका एक युवक तेह्रथुममा पक्राउ परेका छन् ।
१३ वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरको कुम्मायक गाउँपालिका–४, रानीगाँउ घर भई म्याङलुङमा कोठा भाडामा बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बू पक्राउ परेको प्रहरीले जनाएको छ ।
मंगलबार राति साढे ९ बजेको समयमा बालिकाको कोठामै गएर बलात्कार प्रयास भएको पीडितका अभिभावकको उजुरीको आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक (इन्सपेक्टर) नारायण गौतमले बताउनुभयो ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।