चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा

 असोज २२, २०७६ बुधबार १४:१७:२४ | रासस

काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । 

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार जिनपिङ नेपाल आउने जानकारी गराएसँगै काठमाण्डाै उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । 

‘चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ’ उहाँले भन्नुभयो । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

1 Comments

  • dhama paudyal

    Oct. 9, 2019, 3:25 p.m.

    शैलेश थाप लाई महानिरिक्षक बनाएको ? उहा प्रहरी नायब महानिरिक्षक हो र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया