पाँचथरमा छुरा प्रहार गरी एक जनाको हत्या

 असोज २२, २०७६ बुधबार १७:५३:२४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – याङवरक गाउँपालिका–६, नागीमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ ।

बुधबार बिहान ११ बजेतिर याङवरक गाउँपालिका–६ नागीका अन्दाजी २०/२२ वर्षका आइतराज योङहाङको छुरा प्रहारबाट ताप्लेजुङको सिदिङवा गाउँपालिकाका ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो ।

ज्यान गुमाएका मावो छुरा प्रहार गर्ने योङहाङको फुपाजु हुनुहुन्छ । मावो ससुराली घरमा घर ज्वाइँ बस्दै आउनुभएको थियो ।

घरको आँगनमा २ जनाबीच कुराकानी भइरहेको बेलामा योङहाङले मावोलाई एक्कासी छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछि मावोको घटनास्थलमा नै ज्यान गएको वडाध्यक्ष ताराबहादुर योङहाङले जानकारी दिनुभयो । 

योङहाङले मावोलाई दाहिने पेटमा छुरा प्रहार गरेको बताइएको छ । योङहाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।  घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली गइरहेको प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिलकुमार पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया