यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

 असोज २३, २०७६ बिहिबार ८:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बिहीबार सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् । 

बेलुकीतिर भने पूर्वका थोरै ठाउँ, मध्य र पश्चिमी पहाडी भूभागका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । भारत र पश्चिम बंगालको आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण यस वर्षको मनसुन अझै बाहिरिन सकेको छैन । 

मनसुन नसकिँदा फाट्टफुट्ट पानी पर्ने गरेको मौसमविद्को भनाइ छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २३ गते बिहीबार 

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वका थोरै ठाउँ, मध्य र पश्चिमी पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

असोज २४ गते शुक्रबार

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भूभागमा आंशिक बदली रहनेछ ।

राति :  देशको पहाडी भूभागमा आंशिक बदली रहने र केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भूभागमा आंशिक बदली रहनेछ ।

असोज २५ गते शनिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रहने र तराईका भूभागमा सामान्यतया सफा रहने छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया