चिनियाँ राष्ट्रपतिको भ्रमणका बारेमा प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीसँग परामर्श गर्दै

 असोज २३, २०७६ बिहिबार ९:५७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका बारेमा पूर्व प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरुसँग परामर्श गर्दै हुनुहुन्छ ।

परामर्श केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनुभयो । पूर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरुसँगको छलफलमा चिनियाँ राष्ट्रपति सिको भ्रमणमा उठाउने एजेण्डाको विषयमा परामर्श हुने उहाँले जानकारी दिनुभयो ।

चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया