म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी ज्लाटनको विशाल मूर्ति सार्वजनिक

 असोज २३, २०७६ बिहिबार १०:५२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी तथा स्विडेनका पूर्व कप्तान ज्लाटन इब्राहिमोविचको गृहनगरमा विशाल मूर्ति सार्वजनिक गरिएको छ । खैरो कलरमा रहेको सो मूर्तिलाई स्विडीस फुटबल संघले बनाएको हो । 

माल्मो स्टेडियम बाहिर रहेको यो मूर्तिको बिहीबार सयौँ समर्थकमाझ सार्वजनिक गरिएको हो । आफ्नो मूर्ति सार्वजनिक कार्यक्रममा ज्लाटनले बोल्दै जे कुरा पनि सम्भव रहेको प्रतिक्रिया दिए । 

३८ वर्षीय ज्लाटनले राष्ट्रिय टिमबाट २००१ देखि २०१६ सम्म खेलेका थिए । जसमा उनले एक सय १६ खेलमा ६२ गोल गरेका थिए । उनको यो मूर्तिलाई स्विडेनका आर्टिस्ट पिटर लिन्डेले डिजाइन गरेका हुन् । 

८ फिट नौ इन्च अग्लो यो मूर्तिको तौल ५ सय केजी रहेको छ । ज्लाटनले माल्मोबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनी आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी हुँदै म्यानचेस्टर युनाइटेड पुगेका थिए । करियरको अन्तिममा २०१८ मा उनी अमेरिकी लिग एमएलएस खेलेका थिए ।

यो मूर्ति सार्वजनिक कार्यक्रममा इंग्ल्याण्डका पूर्व कप्तान डेविड बेकह्याम, पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, लिभरपुलका मोहम्मद सलाहलाई सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया