स्याङ्जा हत्या प्रकरण: हत्यामा संलग्न भएकाे आराेपमा ५ जना पक्राउ

 असोज २३, २०७६ बिहिबार १४:२५:२६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - हरिनास गाउँपालिका–५ वलिकोटका २९ वर्षीय महेन्द्रबहादुर आलेको हत्यामा संलग्न भएको भन्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हरिनास-६ का २३ वर्षीय नरेश मानन्धर, ३० वर्षीय मातृका मानन्धर, १९ वर्षीय बिमल मानन्धर, २८ वर्षीय अमृत मानन्धर र १९ वर्षीय धर्म मानन्धर रहेका प्रहरीले जानकारी दिएकाे छ । उनीहरुलाई जिल्लाका विभिन्न भागबाट नियन्त्रणमा लिइएको हो । 

बुधबार राति एक आपसमा झगडा पछि भएको कुटपिटबाट आलेको घटनास्थलमै ज्यान गएको थियाे । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नबिनकृष्ण भण्डारीका अनुसार घटनालगत्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जा, इलाका प्रहरी कार्यालय चिसापानी, इलाका प्रहरी कार्यालय रत्नपुरको प्रहरी टोलीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरिएको हाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया