नेपालकाे ९ विकेट पतन, एक सय रन पुर्‍याउन मुस्किल

 असोज २३, २०७६ बिहिबार १६:४०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजको अन्तिम खेलमा नेपाल र ओमान बीच प्रतिस्पर्धा भइरहेको छ ।

ओमान क्रिकेट संघको मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गर्याे । नेपालका ओपनर इशान पाण्डे मात्र दुई रनमा आउट भए जसका कारण नेपालले दुई रनमा पहिलो विकेट खेर फाल्यो ।

त्यसपछि नेपालको स्कोर २६ रन हुँदा कप्तान पारस खड्का पनि आउट भए । उनी ५ रनमा पेभेलियन फर्किए । लगत्तै क्रिजमा गएका दिपेन्द्र सिंह ऐरीपनि रनआउट भएपछि नेपालले ३६ रनमा तेस्रो विकेट गुमायो । दिपेन्द्र र आरिफ शेखबीच तालमेल मिल्न नसक्दा दिपेन्द्र १० रनमा आउट भए ।

त्यसको लगत्तै विनोद भण्डारी पनि चार रनमा बोल्ड भएपछि नेपालले ४१ रनमा चौथो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । स्कोरबोर्डमा ४२ रन हुँदा सन्दिप जोरा खाता खोल्न नपाउँदै आउट भए ।

त्यसपछि छैटौँ विकेटका रुपमा आरिफ शेख २० रनमा आउट हुँदा स्कोरबोर्डमा नेपालको स्कोर ४६ रन थियो । सातौँ विकेटका रुपमा करण केसी र सोमपाल कामी केहि टिक्ने प्रयास गरेका थिए । तर करण ८ रनमा आउट भएपछि नेपालले ५७ रनमा सातौ विकेट गुमायो । त्यसपछि दशाैँ ओभरमा नेपालकाे स्काेर ६१ हुँदा साेमापाल कामी आउट भए । लगत्तै एघाराैँ ओभरकाे पहिलाे बलमा सन्दीप लामिछाने नवाैँ विकेटका रुपमा आउट भए ।

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया