सप्तरीमा दुई ओटा माेटरसाइकल आपसमा ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे, दुई घाइते

 असोज २३, २०७६ बिहिबार २०:२९:३५ | रासस
unn.prixa.net

सप्तरी - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्क नगरपालिकाकाे बिसनपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

बा ६८ प ६८ ८७ नम्बरको मोटरसाइकल  र ज ६ प ५८ ५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सप्तरीको पिपराका अरविन्द चौधरी र खड्क नगरपालिकाका अनबारुल अन्सारीको ज्यान गएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

दुर्घटनमा सुरुङ्गाका देवानन्द चौधरी र बिसनपुरका मोहम्मद किसुधीन गम्भीर घाइते भएका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया