श्रीलंकासँग टी–२० सिरिज हारेपछि पाकिस्तानका प्रशिक्षक मिस्बाह उल हक आक्रोशित

 असोज २३, २०७६ बिहिबार २०:५१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानले आफ्नै देशमा श्रीलंकासँग टी–२० सिरिज हारेपछि प्रशिक्षक तथा टिम छनोट समितिका संयोजक मिस्बाह उल हकले आक्रोश व्यक्त गरेका छन् । बुधबार राति सकिएको तीन खेलकाे सिरिजमा पाकिस्तानले ३–० ले पराजित भएको थियो ।

याे हारपछि मिस्बाहले पाकिस्तानी क्रिकेट सिस्टममा केही खराबी रहेको उल्लेख गर्दै श्रीलंकाको दोस्रो टिमसँग समेत पराजित हुनु लज्जास्पद भएको बताए ।

श्रीलंकाका १० मुख्य खेलाडी सुरक्षाको कारण देखाउँदै पाकिस्तान सिरिजका लागि गएका थिएनन् । प्रशिक्षक र खेलाडी छनोट समितिको संयोजकको रुपमा पहिलो सिरिज खेलेका मिस्बाहलाई यो नतिजाले ठूलो धक्का पनि लागेको छ । एक दिवसीय सिरिज भने पाकिस्तानले २–० ले जितेको थियो ।

मिस्बाहले भने, ‘यो सिरिज पाकिस्तानी टिमकाे आँखा खुलाउनकाे लागि थियो, टी-२० मा नम्बर एक भइसकेको टिम दोस्रो स्तरका खेलाडी आएको श्रीलंकासँग पनि पराजित हुन्छौँ भने कसरी भन्ने पाकिस्तानलाई टी २० को नम्बर एक टिम ?’

मिस्बाहको निशाना पूर्व खेलाडीमाथि बढी केन्द्रित रहेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले सुरुदेखि नै रमीज राजा र बासित अलीलाई कोचिङ स्टाफबाट हटाउन चाहेका थिए । यसले मिस्बाहको अभियानलाई भने थप बल पुगेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया