नेयमारकाे अर्को कीर्तिमान, ब्राजिल सेनेगलसँग बराबरीमा रोकियो

 असोज २४, २०७६ शुक्रबार ७:४४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

ब्राजिलियन फुटबलर नेयमारले कम उमेरमा राष्ट्रिय टिमका लागि एक सय क्याप जित्ने कीर्तिमान बनाएका छन्  । मैत्रीपूर्ण खेलका क्रममा सेनेगलविरुद्दकाे खेलमा मैदानमा उत्रिएपछि उनले यो कीर्तिमान बनाएका हुन् ।

नेयमारले नयाँ रेकर्ड बनाउँदा ब्राजिलले भने सेनेगलसँग १–१ गोलको बराबरीमा चित्त बुझायाे । त्यसाे त ब्राजिलले एक गाेलकाे अग्रता जाेगाउन सकेन । खेलकाे नवौँ मिनेटमा रोबर्टो फिर्मिन्होको गोलमार्फत ब्राजिलले अग्रता बनाएकाे थियाे ।

पहिलो हाफको अन्तिम मिनेटमा सेनेगलका फमारा डाइडयौले गाेल गर्दै टिमलाइ बराबरीमा पुर्‍याए । पहिलाे हाफ एक एक गाेलकाे बराबरी भएकाे खेलकाे दाेस्राे हाफमा ब्राजिलले दबाव दिए पनि गाेल थप्न सकेन ।

याे खेलमा एक सय क्याप पुर्‍याएका नेयमारले २७ वर्षकाे उमेरमा याे कीर्तिमान बनाएका हुन् ।

अन्तिम अपडेट: कात्तिक १, २०७६

तपाईको प्रतिक्रिया