चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

 असोज २४, २०७६ शुक्रबार ९:२४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयको प्रस्तावमा सरकारले आइतबार सार्वजनिक बिदा दिन लागेको हो । यसको औपचारिक जानकारी भने हुन बाँकी छ ।

भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा दिने निर्णय यसअघि नै भैसकेकाले आइतबार पनि बिदा हुने एक मन्त्रीले उज्यालो अनलाइनलाई जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया