कांग्रेसमा पौडेल पक्षको भेला आज, सिटौलालाई पनि बोलाइयो

 असार ३२, २०७५ सोमबार ७:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुसँग साेमबार छलफल गर्दै हुनुहुन्छ । विधान मस्यौदा समिति गठन तथा पार्टीभित्रका विभिन्न समितिमा मनोनयन र महासमिति बैठकलगायत विषयमा छलफल गर्न पौडेलले आफू पक्षका नेतासँग छलफल गर्न लाग्नुभएको हो । 

काठमाडौं चक्रपथको ढुँगेधारामा बोलाइएको भेलामा नेता कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केशी, प्रकाशमान सिंह नविन्द्रराज जोशी लगायतका नेतासँग छलफल गर्न लाग्नुभएको उहाँ निकट नेताहरुले बताएका छन् । सभापति शेरवहादुर देउवाले पार्टीका विभिन्न विभाग गठन, प्रदेश समितिमा मनोनयनलगायतका लागि पौडेल पक्षसँग नाम मागेपनि पौडेल पक्षले नाम दिएको छैन । पछिल्लो समय सभापति देउवाले अब पनि पौडेल पक्षले ढिलाइ गरे आफ्नै हिसावले मनोनयन गरेर अघि बढ्ने तयारी गरेपछि नेता पौडेलले आफु निकट नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

आजको बैठकले पार्टी नेतृत्वलाई विधान अनुसार अघि बढ्न आग्रह गर्दै आफ्नो पक्षबाट विभिन्न समितिका लागि नेताहरुको नाम उपलब्ध गराउने समझदारी गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया