यस्ताे छ चिनियाँ राष्ट्रपतिकाे दुई दिने नेपाल भ्रमणकाे तालिका

 असोज २४, २०७६ शुक्रबार १२:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो काठमाण्डौ आइपुग्दै हुनुहुन्छ । एक रात काठमाण्डौमै बिताउने राष्ट्रपति सीले यसबीचमा उच्चस्तरीय भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ । 

करिब १९ घण्टे बसाईका क्रममा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यतालिका छ । राष्ट्रपति सी शनिबार दिउँसाे ४ः३० बजे काठमाण्डौ आइपुग्ने र आइतबार मध्याह्न १२ः३० बजे स्वदेश फर्कनुहुनेछ ।  

सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट नेपाल भ्रमण हुन लागेको हो । 

यस्तो छ कार्यतालिका :

शनिबार

दिउँसाे करिब ४ः३० देखि ५ः३० बजेसम्ममा त्रिभुवन विमानस्थलमा उत्रने
करिब ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने
करिब ७ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने

आइतबार
करिब १०ः३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने
करिब १२ः३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया