साउदी बन्दरगाह नजिक इरानी तेल ट्याङ्करमा आक्रमण, लाल सागरमा तेल फैलियो

 असोज २४, २०७६ शुक्रबार १३:३७:३२ | एजेन्सी
unn.prixa.net

विस्फोटपछि इरानको एउटा तेल ट्याङ्करमा आगो लागेको छ । इरानी सञ्चारमाध्यमका अनुसार यो घटना साउदी अरबको समुद्री तट जेद्दा बन्दरगाह नजिक भएको हो । 

आगो लागेको तेलको ट्याङ्कर इरानको तेल कम्पनी एनओआईसीको हो । सञ्चारमाध्यमका अनुसार विस्फोट हुँदा इरानी ट्याङ्कर साउदी अरबको तटीय शहर जेद्दाबाट ९७ किलोमिटरको दुरीमा थियो । 

सञ्चार संस्था अलजजीराका अनुसार तेल ट्याङ्करलाई दुइटा संदिग्ध रकेटले निशाना बनाएका थिए । नेशनल इरानी ट्याङ्कर कम्पनीले आफ्नो बयानमा भनेको छ, ‘यो आक्रमण मिसाइलको माध्यमबाट गरिएको हामीले अनुमान गरेका छौँ ।’

आक्रमणबाट ट्याङ्करको दुइटा भण्डारमा क्षति पुगेको छ, जसका कारण तेल लाल सागरमा फैलिएको छ । आक्रमणबाट मानिसहरुलाई भने कोही पनि नभएको जनाइएको छ ।

गएको महिना १८ ओटा ड्रोन र सात ओटा क्रुज मिसाइलद्वारा साउदी अरबको महत्वपूर्ण तेल प्लान्टमा आक्रमण भएको थियो । यो आक्रमणको आरोप इरानमाथि लगाइएको थियो । 

जुन र जुलाई महिनामा पनि दुइटा तेल ट्याङ्करमा आक्रमण भएको थियो । त्योबेला पनि अमेरिकी अधिकारीहरुले यसको लागि इरानलाई जिम्मेवार ठहराएका थिए ।

यसअघि पनि मे महिनामा चार ओटा तेल ट्याङ्करमा आक्रमण भएको थियो । यद्यपि इरानले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया