वरिष्ठ संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको निधन

 असार ३२, २०७५ सोमबार ७:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – वरिष्ठ संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको निधन भएको छ । उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा आइतबार बेलुकी उहाँको निधन भएको हो ।

सोमबार बिहान ९ बजे अस्पतालबाट शव यात्रा गरी पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उहाँले २०११ सालमा अम्बर गुरुङसँग विवाह गर्नुभएको थियो । 

संगीतकार अम्बर गुरुङको २०७३ साल जेठ २५ गते निधन भएको थियो  । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया