सडकमै ट्राफिक शिक्षा : एकैदिन चारहजार जनालाई सम्झाइयो

 असार ३२, २०७५ सोमबार ८:९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकामा दुर्घटना कम गर्न सुरु गरिएको सचेतना अभियानमा हिजो एकै दिन झण्डै चार हजार जनालाई सम्झाईबुझाई गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो ३ हजार ९ सय ८१ जना पैदल यात्रुलाई सम्झाईबुझाई गरिएको छ । जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेकाले सचेतना अभियान थालिएको महाशाखाले जनाएको छ । 

आइतबारदेखि सुरु यो अभियान १० दिनसम्म चल्नेछ । आकाशेपुल र जेब्राक्रसको प्रयोग नगर्ने पैदलयात्रुलाई सडकमै ट्राफिक नियम सिकाउने गरिएको छ । 

पहिले ट्राफिक प्रहरीले गल्ती गरेपछि मात्र कारबाही गर्थ्यो भने अब गल्ती गर्नबाट बचाउने उपायका बारेमा पनि जानकारी गराएछि दुर्घटना कम हुने ट्राफिक महाशाखाको अनुमान छ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया