रामपुरबाट दलदलेका लागि छुटेको जीप दुर्घटना : एक जनाको  ज्यान गयो

 असोज २५, २०७६ शनिबार ९:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – पाल्पाको रामपुरबाट यात्रु बोकर नवलपरासीको दलदलेका लागि छुटेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि चार जना घाइते भएका छन् ।

पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप शुक्रबार साँझ बुलिङटार गाउँपालिका–६ , स्थित निरन्दी खोलामा  दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४, बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको ज्यान गएको होे ।

दुर्घटनामा परि गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक  सुजित कुमार देवकोटाले बताउनुभयो ।

दुर्घटनामा परि देवचुली–१०, बस्ने २७ वर्षीय आशीश खनाल,१९ वर्षीय सूचना पाण्डे, देवचुली–१ , बस्ने ३० वर्षीय पवन तिवारी र  २४ वर्षीय संगिता पोख्रेल घाइते हुनुभएको छ । घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । निरन्दी खोलाको उकालोमा जीपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया