रुस विश्वकपको अविस्मरणीय पक्ष (भिडियाे)

 असार ३२, २०७५ सोमबार ८:५२:४६ | उज्यालो सहकर्मी

विश्वकप फुटबलको २१ औं संस्करण रूसमा आइतबार सम्पन्न भयो । फाइनल खेलमा  क्रोएसियालाई ४–२ गोलले हराउँदै फ्रान्स २० वर्षको अन्तरमा दोस्रो पटक विश्व च्याम्पियन बन्यो ।

२१ औं संस्करणको विश्वकपको उपाधि जितेको फ्रान्सले यसअघि सन् १९९८ मा उपाधि जितेको थियो । २००६ मा भने फाइनलमा इटलीसँग पराजित भएको थियो ।

क्रोएसियाको स्वर्ण पुस्ताको रुपमा हेरिएको यस टोलीले पहिलो पटक टिमलाई विश्वकप दिलाउन असफल रह्यो । तर पनि क्रोएशियाले सुरुआतदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको थियो ।

यसबाहेक पनि यो विश्वकपमा धेरै सम्झन लायकका धेरै कुराहरु भएका छन् । यो विश्वकपमा भिएआर प्रविधिको प्रयोग, फ्रान्सका किलियन एमबाप्पेजस्ता नयाँ खेलाडीको उदय, स्टार खेलाडीहरुको ‘मिस पेनाल्टी’, समूह चरणबाटै जर्मनीको बहिर्गमन, कोरियासँगको जर्मनीको अप्रत्यासित हार, रुसको क्वार्टर फाइनल प्रवेश, बेल्जियमसँग ब्राजिलको हार आदि यो विश्वकपको अविस्मरणीय पक्ष बनेको छ । 

 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया