कांग्रेस सभापति देउवाकाे चिनियाँ भाषामा ट्वीट- नेपालमा स्वागत छ, सी जिनपिङ !

 असोज २५, २०७६ शनिबार १४:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ भाषामा ट्वीट गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई 'नेपालमा स्वागत छ !' भन्नुभएको छ । 

दुई दिने नेपाल भ्रमणमा आउन लाग्नुभएका राष्ट्रपति सीलाई शनिबार दिउँसाे ट्वीट गर्दै देउवाले भन्नुभएको छ, ‘नेपालमा स्वागत छ । राष्ट्रपति सी जिनपिङ ।’

चिनियाँ राष्ट्रपति शनिबार साँझ पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेकाे छ । सी र देउवाबीच आजै शिष्टाचार भेटवार्ता हुँदैछ । 

२६ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ र महत्वपूर्ण विषयमा चर्चा हुने बताइएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया