चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली चार बजे विमानस्थल पुग्ने

 असोज २५, २०७६ शनिबार १५:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुृहुने भएको छ । 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसहित मन्त्रीपरिषद्का सबै सदस्य विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दिउँसो चार बजे विमानस्थल पुग्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ । 

‘चिनियाँ राष्ट्रपति आउँदा साढे चार भन्दा अझ ढिलो हुनेछ, उहाँलाई स्वागत गर्न अति विशिष्ट व्यक्तित्वहरु चार बजे विमानस्थल पुग्नुहुनेछ ।’ प्रधानमन्त्रीको सचिवालयले उज्यालोलाई जानकारी दियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया