चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमण: विमानस्थल साढे ५ बजेसम्मका लागि बन्द

 असोज २५, २०७६ शनिबार १५:२९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

सी को सुरक्षाका लागि दिउँसो २ बजेर ५५ मिनेटदेखि साढे ५ बजेसम्म विमानस्थल बन्द गरिएको हो । यो समयभित्र कुनै पनि उडान र अवतरण हुने छैनन् ।

शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम (नोटिस टु एअरमेन) जारी गरेको छ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो ।

विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्छ ।
राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् ।

त्यस्तै चिनियाँ राष्ट्रपती सी फर्कने दिन आइतबार बिहान ११ः२० बजेदेखि दिउँसो १ः५० बजेसम्म विमानस्थलमा उडान र अवतरण रोकिने विमानस्थल कार्यालयले जनाएको छ । त्यस दिन ११ः२० बजेदेखि रोकिएको उडान र अवतरण राष्ट्रपति सी फर्केपछि मात्रै सुरु हुने विमानस्थल कार्यालयले जनाएको छ । राष्ट्रपति सी १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया