चिनियाँ राष्ट्रपति सीकाे सम्मानमा नेपाली सेनाद्वारा 'गार्ड अफ् अनर' प्रदान

 असोज २५, २०७६ शनिबार १७:३२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दुईदिने राजकीय भ्रमणका क्रममा शनिबार साँझ त्रिभुवन विमानस्थल आइपुग्नुभएका चिनियाँ राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले सम्मान गारत (गार्ड अफ् अनर) प्रदान गरेको छ ।

भ्रमण दलमा राष्ट्रपति सीसँगै चिनियाँ विदेश मन्त्री वाङ यी पनि हुनुहुन्छ ।

राष्ट्रपति सीको भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उहाँका नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विमानस्थलमा पुगेर सीको स्वागत गर्नुभएको थियो । यसका साथै मन्त्रिपरिषद्का सदस्यहरु पनि सीको स्वागतका लागि विमानस्थल पुगेका थिए । 

 उहाँको स्वागतका लागि सडकमा पनि सरकारी कर्मचारी, खेलाडी लगायतको बाक्लो उपस्थिति रहेको थियो । 

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डौको सोल्टी क्राउन प्लाजा रात्रिभोजको पनि आयोजना गर्नुभएको छ । यसअघि दुई देशका राष्ट्रपतिबीच भेटवार्ता हुनेछ । 

झण्डै २३ वर्षपछि चीनबाट हुन लागेको उच्चस्तरीय भ्रमणबाट नेपाल–चीन सम्बन्धले थप नयाँ उचाइ लिने र विभिन्न सम्झौतामा सहमति हुने जनाइएको छ । 
दुईदिने नेपाल भ्रमणमा आउनुभएका राष्ट्रपति सी सोमबार दिउँसो साढे १२ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया