९५ प्रतिशत ट्यांकरमा आधुनिक लकिङ प्रणाली जडान, लक नलगाएका ट्यांकरबाट इन्धन ढुवानी नगरिने

 असार ३२, २०७५ सोमबार ९:४३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ९५ प्रतिशत ट्यांकरमा सुरक्षात्मक लकिङ प्रणाली लागू गरेको छ ।  झापाबाट गएको चैत अन्तिम हप्तादेखि सुरु भएको लकिङ प्रणाली अन्तर्गत अहिले धनुषामा ट्यांकरमा लक जडान गर्ने काम भइरहेको छ ।

निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले लकिङ प्रणालीमा नआउने ट्याङकरबाट ढुवानी नगरिने र त्यस्ता ट्याँकरलाई भोलिदेखि यो प्रणालीमा नल्याइने पनि बताउनुभयो । तर कुनै प्राविधिक समस्याले यो प्रणालीमा आउन छुटेको भए निगमले थप छलफल गरिने उहाँको भनाई छ । ट्यांकरमा आधुनिक ताल्चा प्रणाली लगाउने यो अभियानले बीच बाटोमा चुहावट र मिसावट नहुने जसले गर्दा पेट्रोलियमको गुणस्तर बढ्ने कार्यकारी निर्देशक भट्टराईले दावी गर्नुभयो ।

यस अन्तर्गत ट्याँकरमा कम्प्युटर प्रणालीबाट तयार पारेको ताल्चा लगाइन्छ । यो ताल्चाको माष्टर की अर्थात साँचो भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगमसंग मात्र रहने भएकाले भारतमा इन्धन भर्दा र नेपालमा ल्याएर डिपोमा खन्याउँदा मात्र  ट्याँकर खोल्न सकिन्छ । यसका लागि निगमले विगत दुई वर्षदेखि तयारी थालेको थियो । तर ढुवानीकर्ताको असहयोगका कारण यो प्रणाली लागू गर्न ढिलाई भएको थियो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया