नेपाल र चीनबीच उच्चस्तरीय वार्ता सुरु

 असोज २६, २०७६ आइतबार ११:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नेपालको दुई दिने भ्रमणमा आउनुभएका चीनका राष्टपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच वार्ता सुरु भएको छ ।

होटल सोल्टीमा जारी वार्तामा आपसी हित र विभिन्न परियोजनाका बारेमा छलफल भइरहेको छ । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्टपति सीले सम्बोधन गर्नुभएको छ । वार्ताको सुरुवातमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको थियो । 

उच्चस्तरीय वार्तापछि विभिन्न १५ ओटा सम्झाैतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया