चिनियाँ राष्ट्रपति सीलाई विशेष सम्मानका साथ बिदाइ गरिने

 असोज २६, २०७६ आइतबार ११:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई विशेष सम्मानका साथ बिदाइ गरिने भएको छ । 

२३ वर्षपछि छिमेकी चीनबाट उच्चस्तरको भ्रमण भएकाले नेपालले यसलाई उच्च प्राथमिकतामा राख्दै सीको बिदाइ पनि विशेष सम्मानका साथ गर्न लागेको हो ।

अहिले उच्चस्तरीय वार्ता चलिरहेको छ । वार्तापछि २ देशबीच विभिन्न परियोजनामा सम्झौता भएपछि राष्ट्रपति सी स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रपति सी फर्कने बेला आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित हुने भएको छ । बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी दिउँसो १ बजे चीन प्रस्थान गर्ने भएकाले यो समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण बन्द गरिएको हो । शनिबार चिनियाँ राष्ट्रपति सी आउने बेला पनि दिउँसो २ बजेर ५५ मिनेटदेखि बेलुकी ५ बजेर २५ मिनेटसम्म सबै उडान र अवतरण रोकिएको थियो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया