सी चीन फर्कँदा यी रुट बन्द, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

 असोज २६, २०७६ आइतबार १३:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुई दिने नेपाल भ्रमण सकेर चिनियाँ राष्ट्रपति  केहीबेरमा स्वदेश फर्कँदै हुनुहुन्छ ।

सी फर्कँदा सी बसेको होटल सोल्टीदेखि कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगल र एयरपोर्टसम्मको रुट पूर्ण रुपमा बन्द रहने छ भने सर्वसाधारणको आवागमन पनि अवरुद्ध हुने प्रहरीले जनाएको छ ।

सी फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने छ ।

शनिबार चिनियाँ राष्ट्रपति सी आउने बेला पनि दिउँसो २ बजेर ५५ मिनेटदेखि बेलुकी ५ बजेर २५ मिनेटसम्म सबै उडान र अवतरण रोकिएका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया