साफ यू-१५ महिला च्याम्पियनिसप : भुटानसँग नेपालकाे बराबरी

 असोज २६, २०७६ आइतबार २०:४२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

भुटानमा जारी यू-१५ महिला साफ च्याम्पियनिसिप फुटबलमा नेपाल र भुटानले एक-एक गोलको बराबरी खेलेका छन् ।

नेपाल यसअघि नै प्रतियोगितबाट बाहिरिएकाले आइतबार खेल प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग पनि पराजित भएको थियो ।

उपाधिका लागि भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । पहिलो हाफमा दुवै टिमले एक अर्काविरुद्ध आकर्षक मुभ बनाए पनि गोल गर्न असफल भएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दुवै टिमले दोस्रो हाफमा एक-एक गोल गरेका थिए ।

५० औं मिनेटमा नेपालले गोल गर्दै अग्रता हासिल गरेको थियो । नेपालका लागि निकिता थोकरले गोल गरेकी हुन् । १ गोलले पछि परेको घरेलु टोली भुटानले ६८ औं मिनेटमा बराबरी गोल गरेको थियो । कप्तान नेकी लाजोमले गोल गर्दै भुटानलाई बराबरी गराएकी हुन् ।

खेलको अन्त्यतिर दुवै टिमले आक्रामक फुटबल खेले पनि गोल गर्न भने असफल भए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया