मैत्रीपूर्ण फुटबलमा इक्वेडरमाथि अर्जेन्टिनाको फराकिलो जित

 असोज २७, २०७६ सोमबार ६:५१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले इक्वेडरमाथि ६–१ गोल अन्तरको जित दर्ता गरेको छ । लियोनल मेस्सीबिनै मैदान उत्रिएको अर्जेन्टिनाले २० औं मिनेटदेखि गोल गर्न सुरु गरेको थियो । २० औँ मिनेटमा लुकास एलरियोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

इक्वेडरका जोन जायरोले आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले २७ औं मिनेटमा अग्रता दोब्बर बनायो । लियानार्दो पेडरेसले ३३ औँ मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाएका थिए । पहिलो हाफमा ३ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो भने एक गोल खान पुग्यो । 

एन्जेल डिलगाडोले ४९ औँ मिनेटमा गोल गर्दै इक्वेडरलाई खेलमा फर्काउन प्रयास गरेका थिए । तर जर्मेन पेजलाले ६६ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिना ४–१ गोल अन्तरले अघि बढेको थियो । 

लगातार इक्वेडरमाथि दबाब बनाएको अर्जेन्टिना यतिमा रोकिएन । ८२ औं मिनेटमा निकोलस डोमिगेजले टिमका लागि पाँचौँ र लुकासले ८६ औँ मिनेटमा छैटौँ गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया