अरिङ्गाल खाँदा १० जना बिरामी, एक जनाको अवस्था गम्भीर

 असोज २७, २०७६ सोमबार ७:१२:३९ | राजु लामिछाने
unn.prixa.net

रुकुम – अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ । 

उनीहरुले शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर खाएका थिए । अरिङ्गाल खाएपछि बान्ता हुने, मुर्छा पर्ने जस्ता समस्या देखा परेपछि उनीहरुलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । 

त्यहाँ सामान्य उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको थियो । अहिले उनीहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुमपूर्वले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया