दुई स्थानीय तहबाट उज्यालो सहकर्मी ढुंगाना पुरस्कृत

 असार ३२, २०७५ सोमबार १२:२६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुंगा– ओखलढुंगाका दुई स्थानीय तहले उज्यालो सहकर्मी शिव ढुंगानालाई सम्मान तथा पुरस्कृत गरेका छन् । स्थानीय तहसँग सम्बन्धित समाचार लेखेर नागरिकलाई सुसूचित गराएको भन्दै सुनकोसी गाउँपालिका र सिद्धिचरण नगरपालिकाले पुरस्कृत गरेका हुन् ।

सुनकोसी गाउँपालिकाले नगद १० हजार रुपयाँ नगदसहित सम्मान पत्रबाट सम्मान गरेको हो । स्थानीय सरकारलाई बलियो बनाउन र कार्यसम्पादन परिस्कृत बनाउन खबरदारी गरेर योगदान गरेकाले सम्मान गरेको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताउनुभयो । ढुंगानासहित कान्तिपुरका कुम्भराज राई र स्थानीय सञ्चार माध्यममा कार्यरत सात जना सञ्चारकर्मीलाई समेत सम्मान गरिएको छ ।

त्यस्तै, सिद्धिचरण नगरपालिकाले नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको छ । स्थानीय तह सञ्चालनका विभिन्न पक्षलाई समाचारका माध्यमबाट चेतना अभिवृद्धि र खबरदारी गरेकाले प्रोत्साहन स्वरुप सम्मान गरेको नगरपालिकाका प्रमुुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   

 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया