पारसको राजीनामापछि सन्दीपले के भने?

 असोज २८, २०७६ मंगलबार १४:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले पारस खड्कालाई सुखद् भविष्यको शुभकामना दिएका छन् ।

कप्तान खड्काले पदबाट राजीनामा दिएपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाली क्रिकेटमा पारसको योगदान ठूलो रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘तपाईँको नेतृत्वमा नेपाली क्रिकेटले ठूलो उपलब्धि हासिल गरेको छ । जुन पहिला कहिल्यै हासिल गरेको थिएन, मलाई र धेरै युवाहरुलाई प्रेरित गर्नुभयो ।’

सन्दीपले नेपाली क्रिकेटका लागि अझैं पनि पारसको कप्तानीको आवश्यकता रहेको बताए । उनले भने, ‘तपाईँको भविष्यका प्रयासका लागि हार्दिक शुभकामना र हामी तपाईलाई सकेसम्म धेरै बर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौँ । तपाईँ साँच्चिकै एक लेजन्ड हुनुहुन्छ जसले हामी सबैकाे हृदयमा ठूलो छाप पारेको छ, द लिजेन्ड पारस खड्का ।’

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया