मनाङ एयरको नयाँ हेलिकप्टरबाट व्यावसायिक उडान सुरु

 असोज २९, २०७६ बुधबार ८:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनाङ एयर प्रालिले नयाँ हेलिकप्टरबाट गएको सोमबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । फ्रान्समा निर्मित एयरबस हेलिकोप्टरको ‘एएस ३५० बी ३ इ (एच १२५) हेलिकप्टर ९ एन–एएनजेबाट ब्यवसायिक उडान सुरु गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ  ।

मनाङ एयर प्रालिले सञ्चालन गरिरहेको २ थान हेलिकप्टरले २३ हजार फिटको एचाइसम्म सुरक्षित उडाउन भर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । 

दक्ष पाइलट तथा प्राविधिकद्वारा पर्यटकीय, दृश्यावलोकन तथा उद्धार उडानमा थप भएको हेलिकप्टरको प्रयोगले यस विमान सेवाले प्रदान गर्ने सेवा अझ प्रभावकारी भएको कम्पनीले विश्वास लिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया