नेकपाको चियापान आज

 असोज २९, २०७६ बुधबार १०:४८:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दशैँ, तिहार, नेपाल संवत, छठ लगायत पर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गर्दैछ ।

काठमाण्डौको भृकुटीमण्डपमा गरिने चियापान कार्यक्रममा दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा अरु नागरिकलाई निमन्त्रणा गरिएको छ । 

यस्तै, दिउँसो ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालमा रहेको कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई निम्तो दिईएको नेकपाले जनाएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले गएको आइतबार यसैगरी शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया