संसद भवन अगाडिबाट कृष्ण पहाडीसहित दुई दर्जन भन्दा बढी गिरफ्तार

 असार ३२, २०७५ सोमबार १४:२७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु गरेको भन्दै संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

सरकारले तानाशाही प्रवृत्ति देखाएको भन्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी यो हप्तामै तेस्रो पटक पक्राउ परेका हुन् । 

धर्नाबाट प्रहरीले नेपाल शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डाक्टर गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेललगायत दुई दर्जनभन्दा मानवअधिकारकर्मी पक्राउ परेको समाजले जनाएको छ ।  

धर्नामा सत्याग्रहीको जीवन रक्षा गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, अपराधीलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया