पाँच किलो सुन र ३८ हजार रुपैयाँसहित संखुवासभाबाट एक जना पक्राउ

 असोज २९, २०७६ बुधबार १२:२०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – भोटखोला गाउँपालिका २ को लिङगाममा पाँच किलो सुनसहित एक जना पक्राउ परेका छन् । 

सुनसहित खाँदबारी नगरपालिका १ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिमबहादुर लामाले बताउनुभयो । 

सोमबार चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेक गर्दा सुन र नगद फेला परेको उहाँले बताउनुभयो । पक्राउ परेका उनको साथबाट ३८ हजार रूपैयाँ समेत भेटिएको छ । 

जिल्लामा यति ठूलो परिणममा सुन भेटिएको यो पहिलो घटना हो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया