२१ तस्बिरमा हेर्नुस् नेकपाकाे चियापान कार्यक्रम

 असोज २९, २०७६ बुधबार १८:६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको चियापान कार्यक्रममा नेकपाका अध्यक्षद्व केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभन्न दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । आगन्तुकलाई नेकपाका शीर्ष नेताहरुले स्वागत गरेका थिए । 

पार्टीका महासचिव विष्णु पौडेलका अनुसार अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको थियो ।

चाडबाड तथा संस्कृतिले नेपाली–नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने उद्देश्यले नेकपाले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणा पत्र पठाइएको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया