महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोगमा सई पक्राउ

 असोज २९, २०७६ बुधबार १९:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - नेपालगञ्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । 

पीडित महिला प्रहरी प्रशिक्षार्थीले आफूमाथि बलात्कार भएको भन्दै लिखित जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी सई वमबहादुर रानालाई पक्राउ गरेको हो ।

गएको असोज २६ गते आफूमाथि बलात्कार भएको भन्दै महिला प्रहरी प्रशिक्षार्थीले लिखित जाहेरी दिएपछि असोज २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेले सई
रानालाई पक्राउ गरेको हो ।

प्रहरी नियन्त्रणमा रहेका रानालाई थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले नेपाल प्रहरीका सई रानाबाट आफू  दुर्व्यवहारमा परेको लिखित उजुरी परेपछि मंगलबार मुद्दा दर्ता गरि अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • dhama paudyal

    Oct. 16, 2019, 8:47 p.m.

    टाउकै देखी कुहिएको देश मा यी हात खुट्टा मा क्यान्सर हुनु त स्वाभाबिक नै हो नि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया