सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा, छनोट भए एक करोड ४५ लाख पाउने

 असोज ३०, २०७६ बिहिबार ७:६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन् ।

बुधबार राति जारी भएको ‘द हन्ड्रेड’ को आरक्षित खेलाडीको सूचीमा सन्दीप परेका हुन्। सन्दीपको रिजर्भ प्राइस अर्थात आरक्षित मूल्य १ लाख पाउण्ड अर्थात् १ करोड ४६ लाख नेपाली रुपैयाँ रहेको छ ।

एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाइदेखि १६ अगस्टसम्म इंग्ल्याण्ड र वेल्समा आयोजना हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ ।

द हन्ड्रडेको खेलाडीको अनुबन्धन कार्यक्रम आउँदो आइतबार हुनेछ । अनुबन्धन कार्यक्रमको बीबीसी अनलाइन तथा स्काई स्पोर्ट्स क्रिकेटले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतियोगितामा सहभागी हुने ८ टिमले १२ जना खेलाडी अनुबन्ध गर्न पाउनेछन् । प्रत्येक टिममा ३ जना खेलाडी पहिले नै ‘इनिसियल प्लेयर’ का रुपमा रहेका छन् । 

प्रतियोगितामा एक लाख २५ हजार पाउण्ड, एक लाख पाउण्ड, ७५ हजार पाउण्ड, ६० हजार पाउण्ड, ५० हजार पाउण्ड र ४० हजार पाउण्ढ आरक्षित मूल्य तोकिएको छ ।

कस्तो हो ‘द हन्ड्रेड प्रतियोगिता’

इंग्ल्याण्ड र वेल्सको क्रिकेट बोर्डले यस प्रतियोगिताको फर्म्याट सार्वजनिक गरिसकेको छ । 
– एउटा इनिङ्स १०० बलको हुनेछ । 
– १० बलपछि एन्डमा परिवर्तन हुनेछ ।
– बलरले लगातार ५ बल वा १० बल बलिङ गर्न पाउनेछन् । 
– एक जना बलरले एउटा खेलमा बढीमा २० बल बलिङ गर्न पाउनेछन् । 
– प्रत्येक बलिङ साइडले साढे २ मिनेटसम्म रणनीतिक समय पाउनेछन् ।
– २५ बलमा पावरप्ले सुरु हुनेछ । 
– पावरप्लेका क्रममा ३० यार्डको सर्कलभन्दा बाहिर २ जना फिल्डर मात्रै राख्न पाइनेछ । 
 

- यसअघिकाे समाचारमा भूलवश 'सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट खेल्ने, १ लाख पाउण्डमा बर्मिङ्घममा अनुबन्धित' हुन गएकाेमा माफी माग्दै सच्याएका छाैँ । -सम्पादक

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया