मकवानपुरको बकैयामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

 असोज ३०, २०७६ बिहिबार १०:८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानुिर – बकैया गाउँपालिका – ३ जलजलेमा धारिलो हतियार प्रयोग गरी बुधबार राति एक जनाको हत्या गरिएको छ । हतियार प्रहारबाट अन्य दुई जना घाइते भएका छन् ।

बकैया गाउँपालिका ३ जलजलेमा घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लो माथि यही ठाउँमा बस्ने ५० बर्षीय सुकबहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले बताउनुभयो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सन्तमायाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा बुधबार राति ज्यान गएको हो ।

पाख्रिनले धारिलो हतियार प्रहार गरी अन्य २ जना घाइते बनाएका छन् । घाइते हुनेमा मुतकका श्रीमान ५५ वर्षीय कालबहादुर लो र स्थानीय २६ बर्षीया दिवीमाया मोक्तान रहेका छन् । उनीहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुवैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लामो समयदेखि आपसी झै–झगडाका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले राति नै हतियारसहित पक्राउ गरेको छ । पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया