सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो

 असोज ३०, २०७६ बिहिबार ११:५३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।  

सुनकोशी गाउँपालिका वडा नम्बर २, साँदीमा झापाबाट काठमाण्डौका लागि छुटेको मे १ ख ३१८२ नम्बरको बस र बा ६५ प ८५४८ नम्बरको मोटसाइकलमा ठोक्किँदा मोटरसाइकलका चालक उदयपुर त्रियुगा नगपािलका–२ का २८ वर्षका नवीन विसंखेको ज्यान गएको हो । 

विसंखेलाई धुलिखेल अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया