वुमन्स च्याम्पियन्स लिग: क्याट क्वीन्सकाे पहिलाे जित

 असोज ३०, २०७६ बिहिबार १३:२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वुमन्स च्याम्पियन्स लिगमा क्याट क्वीन्सले पहिलो जित निकालेको छ ।

प्रतियोगिताको पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले हारेको क्याट क्वीन्स काठमाण्डौले बिहीबार पोखरा पल्टनलाई ८२ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्याट क्वीन्सले कप्तान रुवीना क्षेत्रीकाे अर्धशतकमा २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५२ रन बनायो । बलियो लक्ष्य दिने क्रममा उसका लागि कप्तान रुवीनाले फ्रेन्चाइजी लिगमा पहिलो अर्धशतक बनाइन् । जसमा उनले ६७ बलमा १४ चौका र दुई छक्काको मद्दतमा ८३ रन बनाइन् ।

यस्तै रोमा थापाले १९ तथा इश्वरी विष्टले १० रन जोडिन् । यस्तै शोभा आलेले १२ रन थपिन् ।

बलिङतर्फ पोखराका लागि अनुराधा चौधरीले चार विकेट लिइन् ।

जवाफमा पोखरा १६ ओभर एक बलमा मात्र ७० रनमा अलआउट भयो । सुरुवात राम्रो गरे पनि उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न सकेनन् । ३१ रनमा पहिलो विकेट गुमाएको पोखराले ५६ रन बनाउँदा आठ विकेट खेर फालेको थियो ।

उसका लागि कप्तान सिता रानामगरले १७ तथा विन्दु रावलले १० रन बनाउँदा अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका पाँच खेलाडी रनआउट भएका थिए । प्रतियोगितामा क्याट क्वीन्सले दुई खेलमा दुई अंक बनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया