म्यानमारमा राष्ट्रपति भण्डारीलाई 'गार्ड अफ् अनर'

 असोज ३०, २०७६ बिहिबार १४:१५:५९ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका क्रममा म्यानमारमा हुनुहुन्छ । 

म्यान्मारको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकीबीच बिहीबार दुईपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

म्यान्मारको राजधानी नेपिटमा रहेको राष्ट्रपतीय भवनमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच दुई ओटा समझदारी पत्रमा हस्ताक्षर भइ आदानप्रदान भएको हो ।  

राष्ट्रपति भण्डारी म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यान्मारको राजधानी नेपित आइपुग्नुभएको थियो । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सुकीबीच उपहार आदानप्रदानसमेत भएको थियो ।

दुई राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति विनबीच बिहीबार नै राष्ट्रपतीय भवनमा भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति भण्डारीले भवनमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । त्यसअघि बिहान भवनको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यान्मारको सेनाले सम्मान गारद ‘गार्ड अफ अनर’ दिएको थियो । 

म्यानमार भ्रमणमा राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ ।  

राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यान्मारको राजकीय भ्रमणमा हुनुहुन्छ । त्यसपछि उहाँ जापान जाने कार्यक्रम रहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया