एनआरएनए चुनाव : १६ सय १० मत गणना सकिँदा कुलप्रसाद आचार्य अगाडि

 कात्तिक १, २०७६ शुक्रबार ७:३७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना भइरहेको छ । बिहीबार रातिदेखि सुरु भएको मतगणनामा केहीबेर अघिसम्म ओसिनिया र अफ्रिका क्षेत्रको गणना सकिएको निर्वाचन अधिकृत शिव रिजालले जानकारी दिनुभयो ।

यी क्षेत्रका १६ सय १० मत गणना सकिँदा कुलप्रसाद आचार्य अगाडि रहेको उहाँले जानकारी दिनुभयो । ९ बजेसम्ममा मतगणना सकिने उहाँले बताउनुभयो । बुधबार अबेर सुरु भएको मतदान भोटिङ मेसिनमा समस्या आएपछि बिहीबार बिहानसम्मका लागि स्थगित गरिएको थियो । 

फेरि, बिहीबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै सुरु भएको थियो । सँघको नयाँ अध्यक्षमा कुमार पन्त र कुलप्रसाद आचार्य उम्मेद्वार हुनुहुन्छ । २५ सदस्यीय कार्यसमितिका लागि ७५ जना उम्मेद्वार छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया