वुमन्स लिग क्रिकेट : विराटनगर र पोखरा तथा चितवन र ललितपुरबीच प्रतिस्पर्धा

 कात्तिक १, २०७६ शुक्रबार ८:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाैमा जारी वुमन्स लिग क्रिकेट (डब्लूसील)मा शुक्रबार पनि २ वटा खेल हुने भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे विराटनगर टाइटन्स र पोखरा पल्टन खेल्नेछन् ।

जारी प्रतियोगितामा विराटनगर टाइटन्सले एक खेल जितेको छ भने पोखरा पहिलो खेलमा पराजित भएको थियो । विराटनगर अपराजित यात्रा कायम राख्ने दाउमा हुँदा पोखरा पहिलो जितको खोजिमा हुने छ । 

यसअघिको खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई पराजित गरेको थियो । पोखरा भने क्याट क्वीन्स काठमाण्डाैसँग स्तब्ध भएको थियो ।

यस्तै, शुक्रबार दिउँसो साढे १ बजे चितवन राइनोज र ललितपुर फाल्कोन्स आमने–सामने हुनेछन् । चितवन राइनोजले पहिलो खेल जितेको थियो भने ललितपुर पराजित भएको थियो ।

सात गतेसम्म चल्ने प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता क्विन्स इभेन्ट्स म्यानजमेन्टले आयोजना गरेको हो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया