प्रतिनिधिसभाको दोस्रो बैठक पनि कांग्रेसले गर्‍याे अवरुद्ध

 असार ३२, २०७५ सोमबार १६:१४:११ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध पारेको छ ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुने गरी राष्ट्रिय चिकित्सा विधेयक ल्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठक पनि अवरुद्ध पारेको हो ।

सभामुख कृष्णबहादुर महराले सरकारको धारणा राख्न दिन आग्रह गरे पनि नेपाली कांग्रेसका सांसदहरुले नमानेपछि दोस्रो बैठक पनि अवरुद्ध भएको छ । बैठकमा सरकारका तर्फबाट चिकित्सा शिक्षा विधेयक र वरिष्ठ चिकित्सक केसीको आमरण अनसनबारे  धारणा राख्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई समय दिने अवसर नै नदिई कांग्रेस सांसदले संसद बैठक अवरुद्ध पारेका थिए ।

बैठक सुरु हुने वित्तिकै कांग्रेसकी सचेतक पुष्पा भूसालले सरकारले जुम्ला गएर वरिष्ठ चिकित्सक केसीसँग वार्ता गर्नुपर्ने माग गर्नु भएको थियो । सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने कार्यसूची तय गरिएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया