निर्माण सामग्री बिक्रीमा ठगी गरेको आरोपमा २३ जना डिपो सञ्चालक पक्राउ

 कात्तिक १, २०७६ शुक्रबार १७:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्माण सामग्री बिक्रीमा ठगी गरेको आरोपमा शुक्रबार काठमाण्डौका २३ वटा डिपोका सञ्चालकहरु पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी स्वयम्भू, बालाजु र महाराजगञ्जबाट इँटा, गिटी, बालुवालगायतका निर्माण सामग्री ठगीको आरोपमा २३ वटा डिपोका सञ्चालकहरु पक्राउ गरिएको जानकारी गराएको हो ।

उपभोक्ता हित संरक्षण मञ्चलगायतले उजुरी जारी गरेपछि छापा मार्दा २३ वटा डिपोका सञ्चालकहरुलाई पक्राउ गरी गठी मुद्दामा अनुसन्धान सुरु गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले ३५ वटा ट्रक पनि नियन्त्रणमा लिएको छ ।

महाशाखाका अनुसार उनीहरुले ट्रक भित्रै बाकसजस्ता फलामका बस्तु बनाएर निर्माण सामग्रीको बिक्रीमा ठगी गर्ने गरेको पाइएको छ । एसएसपी थापाले काठमाण्डौमा निर्माण सामग्रीको ठगीमा परेका उपभोक्तालाई प्रहरीमा उजुरी दिन आग्रह गर्दै सम्बन्धित डिपोबाट क्षतिपूर्ति दिने व्यवस्था मिलाउने पनि बताउनुभयो ।

यसरी ठगी गरी पक्राउ पर्नेमा ‘बाघे’ भनिने जेबीएस सप्लायर्सका सुकबहादुर लामा पनि रहेका छ्न । उनले स्वयम्भूमा सञ्चालन गरिरहेको डिपोबाट बालुवा बिक्री गर्दै आएका थिए ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया